विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने

२९ साउन,काठमाण्डौ ।

Advertisement

नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने बताएका छन् । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतको धार्मिक तीर्थ यात्रामा गएका १ सय २ जना यात्रीलाई जानकी मन्दिर प्रांगणबाट बिदाइ गर्दै निधिले आफूले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराइनुपर्ने बताए । उनले लोसपा नेपाललाई गठबन्धन र सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले कुराकानी गरिरहेको बताउँदै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा आफू लड्न नेता राजेन्द्र महतो संवाद गरिने बताए ।

Advertisement

उनले भने, ‘मैले निर्वाचनमा उम्मेदवारी दिनेमा कुनै दुईमत छैन । मलाई राजेन्द्र महतोले यसअघि पराजित गरिसकेकाले उहाँले यसपालि फेरि लड्ने कि नलड्ने भन्ने सवाल उहाँले नै भन्नु हुन्छ ।’यसअघि नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले पनि धनुषाको क्षेत्र नम्बर ३ बाट उम्मेदावरी दिने घोषणा गरेकी थिइन् ।

उनले काँग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनको अधिकार सभापति देउवालाई नै दिने निर्णय भएकोले पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारको टुंगो सभापतिले नै लगाउने समेत बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top