मोरङमा थपिए २७ हजार नयाँ मतदाता

३१ साउन, काठमाडौं ।

मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् ।

गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता थिए ।कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिए । गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो ।

Advertisement

स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जिल्लाको १७ स्थानीय पालिकाका उम्मेदवार भएका चार हजार तीन सय ४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण बुझाएको जनाएको छ ।स्थानीय निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top