आफूहरु पनी गठबन्धनको अंग भएको बाबुराम भट्टराईको भनाई

३० साउन ७९, मंगलबार

३१ साउन, काठमाडौं ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताए । ‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौं’, उनले भने ।

उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

Advertisement

‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’

उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्नेगरी निर्वाचन आयोगमा आवेदन दिएको बताए । सिट संख्याबारे छलफल गरेर टुंगो लगाउने उल्लेख गर्दै उनले भने, ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास नै हो, बाँकी कुरा छलफल गरेर टुंग्याउँछौं ।’अध्यक्ष भट्टराईले नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top