धादिङको सिम्लेमा २ जनामा हैजा संक्रमण पुष्टि

३१ साउन ७९, मंगलबार
Share this
696shares

३१ साउन ,धादिङ ।

Advertisement

धादिङको थाक्रे गाउँपालिका २ सिम्लेकी एक महिलामा हैजा देखिएको छ ।घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि टेकु अस्पताल काठमाण्डौ पुर्‍याइएकोमा हैजा पुष्टि भएको थियो ।

सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए ।हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा खटाइएको छ ।

Advertisement

प्रकोप प्रभावित क्षेत्रमा पानी उमालेर खान, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचना गरी अनुरोध गरेको छ ।पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top