एसियाड भारोत्तोलनमा कमलको बनाए राष्ट्रिय कीर्तिमान

६ भदौ ७५, बुधबार
Share this
774shares

भदौ ६ : इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गतको पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एन्ड जर्कमा १६० केजी गरी कुल २७९ केजी भार बहन गर्दै कमलले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

Advertisement

कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एन्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । मंगलबार मात्रै महिलाको ५३ केजीमा सञ्जु चौधरीले तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।राष्ट्रिय कीर्तिमान बनाएका कमल समूह ‘बी’ मा छैटौं स्थानमा रहे ।

भोलि विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् भने २६ अगष्टमा तारादेबी पुनले ७५ केजीमा भाग लिनेछिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top