एजेन्सी,भदौ ६
इन्टरनेशनल स्टार प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट बी–टाउनमा केही दिनयता खुब चर्चामा छ । निक इन्गेजमेन्टपछि अमेरिका फर्किसकेका छन्, तर १८ अगस्टमा भएको सेलिबे्रसनको चर्चा अहिलेसम्म पनि उस्तै छ ।
खबरअनुसार, प्रयोग भएको केक विशेष तरिकाबाट बनाइएको थियो । केकलाई मुम्बईको चर्चित पेस्ट्री शप ‘टियर नोम पटिस्सेरी’ बाट बनाइएको थियो भने ३ स्टोरी केकको तौल १५ किलो थियो । केकलाई आकर्षक बनाउनका लागि २४ क्यारेट गोल्डको पत्ताबाट सजाइएको थियो । बटर क्रिम केकलाई पंिक ‘सिम्बिडियम ओर्चिडस् ’फूलबाट सजाइएको थियो । अहिले प्रयिंकाको इन्गेजमेन्ट केकको डिजाइन सोसल मिडियामा खुब भाइरल भएको छ ।
खबरअनुसार, निक जोनसले आफ्नो म्यूजकिल टुर सकेपछि र प्रियंकाले आफ्नो बाँकी फिल्मको छायांकन सकेपछि विवाहलाई लिएर प्लान गर्नेछन् । प्रयिंकाले १६ सेप्टेम्बरमा निक जोनसको जन्मदिनको अवसर पारेर विवाहको डेट घोषणा गर्न सक्नेछिन् । प्रियंका आफ्ना प्रेमीभन्दा ११ वर्ष जेठी छन् । उनले १९ वर्षको उमेरमा मिस वल्डको उपाधि जित्दा निक ८ वर्षका थिए ।