×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

महासचिवमा सप्र्राइज दिदै प्रचण्ड /वर्षमान र जनार्दन अब के गर्लान् ?

२ भाद्र २०७९

२ भदौ ,काठमाण्डौ ।

आठौं महाधिवेशन गरेको आठ महिना बितिसक्दा पनि पदाधिकारी टुंगो नलगाइएको माओवादी केन्द्रमा अहिले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव पदका लागि सप्र्राइज दिने अनुमान गरिएको छ । माओवादी केन्द्रको महासचिवमा यसअघि चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मालाई ब्याक तानेर अर्का नेता देव गुरुङलाई प्रचण्डले महासचिव बनाउने सम्भावना रहेको प्रचण्ड निकटले बताएका छन् ।

Advertisement

पुन र शर्मामध्ये कोही एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी प्रचण्डले तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ । यस्तै पार्टीभित्र प्रभाव बढाउँदै लगेका जनार्दन र वर्षमानमाथि दबाब सिर्जना गर्न पनि प्रचण्डले गुरूङको कार्ड फालेको चर्चा छ । आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउनेछ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको बारेमा निर्णय लिन प्रचण्डले केही समय मागेका थिए । देव गुरुङलाई महासचिव बनाउँदा वर्षमान पुन र जनार्दन शर्मालाई भने उपाध्यक्ष बनाउने तयारी भएको बुझिएको छ । त्यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउनेगरी प्रचण्डले तयारी गरेका छन । वरिष्ठ उपाध्यक्षमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई प्रचण्डले घोषणा गरिसकेका छन् ।

माओवादी केन्द्रले गत वर्ष पुस ११ देखी २५ सम्म आठौँ राष्ट्रिय महाधिवेशनको आयोजना गरेको थियो । राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले अन्तिममा राष्ट्रिय महाधिवेशनकाको नाम दिएको थियो । माओवादी केन्द्रले २०६९ पछि महाधिवेशन गरेको थिएन । एक दशक पछि भएको महाधिवेशनले पनि पुष्पकमल दाहाल प्रचण्डलाई दोहोराउने बाहेकको अन्य पदाधिकारीको विषय टुङ्गाउन सकेको थिएन ।

महाधिवेशन सकिएको करिब ८ महिना पछि माओवादीले पदाधिकारी पाउने भएको छ । प्रचण्डलाई सबै भन्दा बढी सकस महासचिव चयन गर्न रहेको बताइएको छ । पदाधिकारी चयनमा निकै सकस हुने जानेरै त्यसअघि नै माहोल अनुकुल बनाउँन प्रचण्डले विभिन्न अभिब्यक्ति दिदै आएका छन् ।

आजै विहान पनि प्रचण्डले आफ्नो पार्टी बिग्रेको बताएका छन् । शहीद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुँदै गएका कारण चरित्रमा नराम्रोसँग स्खलन आएको बताएका हुन् ।

उनले पार्टी धेरै बिग्रेका कारण क्रान्तिकारी नभएको समेत बताए । कुनै समय पार्टी सानो भएपनि निष्ठा भएको तर अहिले निष्ठा र इमान्दारिता हराउँदै गएको अध्यक्ष दाहालको भनाइ छ । नेताहरु व्यक्तिवादी, आत्मकेन्द्रित भएको उनको तर्क छ । प्रचण्डले यस्ता अभिब्यक्तिमार्फत पदका आकाँक्षीहरुलाई लचिलो हुन एक किसिमको दबाव दिएको धेरैको तर्क छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top