पूर्वप्रधानमन्त्री इमरान खान प्रहरीको घेरामा

६ भदौ ,एजेन्सी ।

पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् ।

अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् ।

Advertisement

खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपको निन्दा गरेका थिए । ‘पाकिस्तानको प्रहरीले कसैको निर्देशनमा मेरा पार्टी नेतालाई पक्राउ गरिरहेको छ ।

मैले पुलिसलाई शाहबाज गिललाई किन गिरफ्तार गरिएको भनि प्रश्न गर्दा, आफूहरूले आदेश मात्र पालना गरिरहेका बताएका छन’, इमरानले शनिबार इस्लामावादको एफ ९ पार्कमा आयोजित ¥यालीमा भनेका थिए । यति मात्र होइन, खानले एक महिला न्यायाधीशलाई आफ्नो पार्टीविरूद्ध पक्षपात गरेको आरोपमा धम्कीसमेत दिएका थिए । ‘न्यायपालिकाले पनि परिणाम भोग्न तयार हुनुपर्छ ।

Advertisement

गिललाई हिरासतमा लैजान आदेश दिने न्यायाधीशलाई पनि कारबाही गरिनेछ । यसका लागि तयार हुनुहोस’, उनले भनेका थिए । उक्त अभिव्यक्तिको विषयमा खान विरूद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत एफआईआर दर्ता गरिएको थियो । प्रहरीले इमरानको घर जाने बाटोको सुरक्षा व्यवस्था कडा पारेको छ । यसैबीच उनको पार्टी पीटीआईका उपाध्यक्ष शाह महमूद कुरैशीले सरकारले इमरान खानलाई पक्राउ गर्ने योजना बनाएको बताएका छन् ।

यस्तै इमरानले पनि सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको दाबी गरेका छन् । आइतबार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक ¥यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरेका थिए । खान जुनसुकै बेला पक्राउ पर्न सक्ने भन्दै उनका समर्थकहरू खानको घर बाहिर भेला भएका छन् । उनको निवासबाहिर भेला भएका समर्थकले यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने चेतावनीसमेत दिएका छन् ।

यता पाकिस्तानी समाचार वेबसाइट द न्युजले संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरान खानलाई भारतलगायत धेरै देशबाट गैरकानूनी आर्थिक सहयोग लिएको मामिलामा पक्राउ गर्न सक्ने जनाएको छ । एफआईएले अदालतको अनुमति लिएर इमरानको पार्टी पीटीआईको बैंक खाताको पनि छानबिन गर्नसक्छ । यदि इमरानले छानबिन समितिलाई सहयोग गरेनन् वा गैरकानूनी कोष सम्बन्धी नोटिसको जवाफ दिएनन् भने उनलाई पक्राउ गरिने समाचारमा जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top