गुल्मीमा गोकर्णको विकल्प बन्ने झाक्रीको अठोट

६ भदौ , काठमाण्डौ ।

सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरू चुनावी तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा निर्वाचन लड्ने घोषणा गरेकी छिन् । उनले सामाजिक संजालमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर दुईमा चुनाव लड्ने जानकारी दिएकी हुन् ।

Advertisement

झाक्रीले एमालेको विरासतलाई तोडेर देखाउने समेत दाबी गरेकी छिन् । गुल्मीको क्षेत्र नम्बर दुईमा एमालेका गोकर्ण विष्ट सासंद छन् । आइतबार जिल्ला सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा झाँक्रीले गठबन्धनबाट उम्मेदवार बनेर नेकपा एमालेको २५ वर्षदेखिको विरासत तोड्ने बताइन् ।

‘गुल्मी क्षेत्र नम्बर २ मा हामीले २५ वर्ष पुरानो विरासत तोड्ने दिन नजिकिंदै आएको छ, यसर्थ एकढिक्का भएर निर्वाचनमा जुट्नुहोस’, उनले भनिन् । झुटा आश्वासनले गुल्मीका जनता आजित भएकाले विकल्प खोजेको भन्दै उनले त्यसको छिनोफानो मंसिर ४ को निर्वाचनले गर्ने बताइन् । एमालेतर्फ संकेत गर्दै उनले ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा’ भएपछि छटपटी बढेको सुनाइन् ।

यसअघि झाक्री नेकपा एमालेबाट समानुपातिक सासंद बनेकी थिइन् । यता पछिल्लो चार वटा चुनाव लडेका गोकर्ण विष्ट पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाहेक निर्वाचित भएका थिए । उनी यो पटक पनि उम्मेदवार बन्ने निश्चित जस्तै छ । तर विष्टसँग प्रतिस्पर्धा गर्नुअघि रामकुमारीले टिकटका लागि सत्ता गठबन्धनमा सहमति जुटाउनुपर्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका डा. दामोदर भुसाल पनि आकांक्षी छन् ।

सत्ता गठबन्धनले साझा उम्मेदवार उठाए कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा गुल्मीमा एमाले सबभन्दा बलियो दल हो । झाक्री गुल्मीकी हुन् । यसअघि भने उनले काठमाडौं–२ बाट उठ्ने चर्चा चलेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो क्षेत्रबाट २०७० र २०७४ मा चुनाव जितेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top