नेपाल बन्दको नालीबेली, कतै ठप्प, कतै प्रभाविहीन

७ भदौ , काठमाण्डौ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न स्थानमा आंशिक रुपमा परेको छ । देशभर केही स्थानमा सहज रुपमा यातायातका साधन संचालन भएका छन् भने विद्यालय क्षेत्र भने बन्द रहेको छ ।

बन्दको प्रभाव प्रदेश १ को राजधानी विराटनगर प्रदेश २ को जनकपुर तथा संघीय राजधानी काठमाडौमा परेको छैन् । बिहानैदेखि सडकमा छोटो तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन निर्वाध रूपमा गुडिरहेका छन् । विद्यालयहरू भने बिहानैदेखि बन्द रहेका छन् । बन्दका क्रममा ६ जिल्लाका विभिन्न १० ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

Advertisement

काठमाडौबाट काभ्रेको बनेपामा संचालन हुने बसमा बन्दकर्ताले तोडफोड गरेपछि चनालहरुले नै बन्दकर्तालाई आक्रमण गरेका छन् । बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताएका छन् ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा शंकास्पद वस्तु फेलापरेको हो । शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार विभिन्न जिल्लाबाट ५२ बन्दकर्तालाई पक्राउ गरिएको छ ।

Advertisement

“काठमाडौं उपत्यकालगायत केही ठाउँमा सवारीसाधनमा तोडफोड र आगजनी भएको उनले बताएका छन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् । बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेको, नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध ४ दलले नेपाल बन्द आव्हान गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको आह्वान गरेका हुन् । राष्ट्रियता स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका, मुल्य वृद्वि, कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी लगायत समसामयिक विषयमा वर्तमान सत्ता गठबन्धन सरकारको विरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top