भारतमा फैलिएको टम्याटो फ्लू कस्तो रोग हो ?

९ भदौ , एजेन्सी ।
भारतमा टम्याटो फ्लूका विरामीहरु बढ्दै गएका छन् । टम्याटो फ्लू नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन । मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो । जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो ।

फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका १०० भन्दा बढी केसहरू भेटिए । केरला बाहेक, अहिलेसम्म ओडिशा, तमिलनाडु र हरियाणा जस्ता राज्यहरूमा टम्याटो फ्लूका बिरामी भेटिएका छन् । केरलापछि सबैभन्दा धेरै यस रोगबाट ओडिसामा संक्रमित भएका छन् । त्यहाँ कुल २६ बालबालिकामा यो फ्लू पुष्टि भएको छ । यी सबै बालबालिका १ देखि ९ वर्ष उमेर समूहका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्यमा ’टम्याटो फ्लू’ सम्बन्धी सुझाव जारी गरेको छ । यसमा रोग, यसका लक्षण र रोकथामका बारेमा जानकारी दिइएको छ । भारतको सरकारी मेडिकल कलेज, तिरुवनन्तपुरमका सामुदायिक चिकित्साका एसोसिएट प्रोफेसर डा अनिश टीएले सो फ्लु लागेपछि शरीरका विभिन्न भागमा टमाटरजस्तो रातो रङका फोकाहरू निस्कन थाल्ने बताएका छन् ।

Advertisement

सुरुमा यी फोका साना हुने तर बिस्तारै बढ्न थाल्ने र साना रातो टमाटरजस्ता देखिने उनको भनाइ छ । यही कारणले गर्दा केरलाका केही स्थानीयले यस रोगको नाम ‘तक्काली पनी’ दिएका छन् । ‘तक्काली पनी’ मलयाली शब्द हो । जसको अर्थ अंग्रेजीमा ’टम्याटो फ्लू’ हुन्छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसलाई हात, खुट्टा र मुखको बिरामी (एचएफएमडी)भनेको छ । यो कुनै नयाँ रोग भने होइन । यो एचएफएमडी हात खुट्टा र मुखमा लाग्ने बिमारी हो ।

साधारणतया यो बिमारी बच्चाहरुलाई धेरै लाग्छ । यो रोगबाट भारतमा अहिलेसम्म मत्यु भने भएको छैन । यसको लक्षण अरु भाइरल जस्तै हुन्छ । सुरुमा हल्का जरो आउँने, भोक नलाग्ने, थकाइ लाग्ने र घाँटीमा खसखस हुने चिकित्सकहरुलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्यस्तै जरो आएको दुई तीन दिनपछि मुख,हात खुट्टा, घाँटी हत्केला आदिमा राता फोका आउने गर्दछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top