६ भदौ ,एजेन्सी ।
भारतका चर्चित हास्यकालाकार राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुशार श्रीवास्तववको दिल्लीको एम्स अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहे पनि डाक्टरको निगरानीमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । राजु श्रीवास्तवका निजी सचिव गर्वित नारंगले उनको स्वास्थ्यमा सुधार भइरहेको समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।
राजु श्रीवास्तवलाई गएको अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । जिममा कसरत गरिरहेका बेला छाती दुखेपछि उनी त्यही ढलेका थिए । केही दिन अघि मात्रै उनको दिमाग मृत र शरीर हलचल नभएपछि विभिन्न भ्रामक खबरहरु फैलिएका थिए । त्यसबेला राजुकी श्रीमती शिखाले “श्रीमानको अवस्था स्थिर रहेको भन्दै डाक्टरले आफ्नो काम गरिरहेको बताएकी थिइन ।
शिखाले भनेकी थिइन्,हामीलाई उहाँमाथि विश्वास छ र राजुजी लडाकु हुनुहुन्छ, यो लडाइँ पक्कै जित्नुहुन्छ। यो लडाइँ र त्यसपछि अर्को लडाइँ जित्नुहुन्छ।“ एक पटक सबैको मनोरञ्जन गर्नेछु। यो मेरो प्रतिज्ञा हो “
शिखाले श्रीमानको स्वास्थ्यबारे अफवाह फैलाउन बन्द गर्न पनि अपिल गरेकी थिइन । कानपुरमा एक कविको घरमा जन्मिएका राजु श्रीवास्तवलाई मानिसहरू उनको जमिनसँग जोडिएको हास्य र उनको भूमिका ’गजोधर’ लाई लिएर चिन्छन् । राजू श्रीवास्तवले कैयौँ चलचित्र र धारावाहिकमा हास्य कलाकार रूपमा काम गरिसकेका छन् ।
’ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट चर्चामा आएका उनले ’कमेडी सर्कस’ र ’लाफ इन्डिया लाफ’ बाट पनि मानिसहरूलाई हँसाएका छन् । सन् २०१४ मा उनी भारतीय जनता पार्टी प्रवेश गरेका थिए । तत्कालीन भाजपा अध्यक्ष राजनाथ सिंहको उपस्थितिमा उनले पार्टी प्रवेश गरेका थिए ।