हर्कसँग विरुवा रोप्न पुगे प्रचण्ड

१० भदौ , धरान ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धी र आकाँक्षी मानिएका दलीय प्रतिनिधिलाई पाखा लगाउदै स्वतन्त्रबाट धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ राईको प्रशंसा गर्न धरान पुगेका छन् ।

पार्टीको कार्यक्रम र धरानको भानुचोकमा हुने जनवादी गायक जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा कार्यक्रममा सहभागी हुने धरान आएका प्रचण्ड निर्वाचनको मिति नजिकिरहेको अवस्थामा मेयरका समर्थकहरुको सहानुभुतिसहितको मत आफ्नो पोल्टामा पार्ने रणनीति अनुरुप सर्दु जलाधार क्षेत्रमा वृक्षारोपणमा सहभागी भएका छन् ।

प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर साम्पाङसँगै आज बृक्षारोपण गरेका छन् भने उनको खुलेर प्रशंसा समेत गरेका छन् । साम्पाङले कम्युनिष्ट र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहेको प्रचण्डले बताएका छन् ।

सिङ्गो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । उहाँले कम्युनिष्टले र खासगरी माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ,’ उनले भने, ’म पार्टीका साथीहरू र श्रमजीवी जनतालाई उहाँबाट प्रेरणा लिन सुझाव दिन्छु । मेरो साथ रहनेछ । कामलाई निरन्तरता दिनुहोला ।’

प्रचण्डले यसो भनिरहँदा साम्पाङले आफूले कामलाई निरन्तरता दिने बताएका थिए । मेयर साम्पाङले केही दिन अघि काठमाडौ गएको समयमा प्रचण्डसँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए । माओवादीका प्रचण्डसहित अर्थमन्त्री समेत रहेका उपमहासचिव जर्नादन शर्मासँग भेट गरेका हर्कले अन्य राजनीतिक दलका नेताहरुसँग भने भेट गरेका थिएनन् ।

हरेक जनता माटोसँग परिचित हुनुपर्ने सन्देश दिदै आएका हर्कले हरेक नेतालाई धरान आए ढुङ्गा बोकाउने बताउदै आएका छन् । उनले पार्टीका केन्द्रीय अध्यक्षहरुलाई श्रमदानमा आउन आह्वान गर्दै आएमा ढुंगा बोकाउने र माटो उपहार दिने बताउदै आएका छन् ।

यसअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका थिए । अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने बताए । आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने बताउदै उनले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने दावी गरेका थिए ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top