Nepal Times
Nepal Times
3
Shares

दोस्रो टी २० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य

दोस्रो टी २० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य

१० भदौ, काठमाडौं ।

दोस्रो टी २० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए ।पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी २० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.