करिम बेन्जेमा हर्षविभोर

११ भदौ ,एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए २०२१÷२२ का वर्ष खेलाडी घोषित भएका छन् । बेन्जेमाले क्लबका सहकर्मी तथा बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडीको उपाधि पाउन सफल भएका हुन् । उत्कृष्ट खेलाडी बनेपछि बेन्जेमाले भने, ‘म साँच्चै खुशी छु ।

मैले यो ट्रफी जितेको पहिलो पटक हो तर मेरो लागि सबैभन्दा महत्वपूर्ण कुरा टोलीसँग ट्रफी जित्नु हो । प्रशिक्षक कार्लाे एन्सेलोटी उत्कृष्ट प्रशिक्षक हुन् ।’टर्कीएको इस्तानबुलमा बिहीबार राति भएको एक समारोहमा बेन्जेमाले ५२३ अंक प्राप्त गरे । ब्रुएनाले १२२ र कोर्टुवाले ११८ अंक प्राप्त गरे । रोबर्ट लेवन्डोस्कीले ५४, लुका मोड्रिचले ५२, साडियो मानेले ५१, मोहम्मद सलाहले ४६, केलियन एमबाप्पेले २५, भिनिसियस जुनियरले २१ र भर्जिल भान डाइकले १९ अंक प्राप्त गर्दै शीर्ष १० मा रहे ।

आफ्नो करिअरको उत्कृष्ट सिजन बिताउने क्रममा बेन्जेमाले गत सिजन रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएका थिए । उनले ला लिगामा २७, स्पेनिस सुपर कोपामा दुई र च्याम्पियन्स लिगमा १५ गोल गर्न सफल भएका थिए । बेन्जेमाले रियल म्याड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका थिए । गत वर्षदेखि नै फ्रान्सको टोलीमा फर्किएका बेन्जेमाले फ्रान्सका लागि १० खेलमा ६ गोल गर्न सफल भएका थिए ।

रियल म्याड्रिडलाई कीर्तिमानी १४औं उपाधि जिताउन सफल भएका बेन्जेमा २०२१–२२ को युइएफए च्याम्पियन्स लिग प्लेयर अफ दि सिजनमा समेत पर्न सफल भएका थिए । सन् २००९ मा लियोनबाट रियलमा सामेल भएपछि उनी पाँचौपटक युइएफए प्लेयर अफ दि सिजनमा पर्न सफल भएका थिए ।

यसैविच, स्पेनिस क्लब रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटी युइएफए पुरुष वर्ष प्रशिक्षक घोषित भएका छन् । युइएफए वर्ष खेलाडी महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास तथासरिना वेइगमान वर्ष महिला प्रशिक्षक बनेकी छिन् । एरिगो साच्चीले प्रेसिडेन्ट अवार्ड जितेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top