×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालीको आयु घट्दैः कारण के हो ?

११ भाद्र २०७९

११ भदौ , काठमाण्डौ ।

श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुनेको संख्या संसारमा सबैभन्दा बढी नेपालमा रहेको एक अध्ययनले देखाएको छ । वायु प्रदूषणका कारण यो रोगका विरामीहरु बढेका हुन् । अन्तर्राष्ट्रिय जर्नल द बीएमजेमा प्रकाशित एक अध्ययनका अनुसार, वायु प्रदूषणले गर्दा हुने श्वासप्रश्वास सम्बन्धी र्दीघ रोग (सीओपीडी) बाट नेपालमा प्रति एक लाखमा १८२ जनाको मृत्यु हुने गरेको छ । अध्ययनका अनुसार श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट मृत्यु हुने यो संख्या विश्वमै सबैभन्दा बढी हो ।

Advertisement
Advertisement

त्यस्तै, वायु प्रदूषणका कारण नेपालीको आयु तीनदेखि सात वर्षसम्म कम हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययन अनुसार, काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको आयु तीन वर्ष र तराई क्षेत्रमा बसोबास गर्ने मानिसको सात वर्षसम्म घट्ने गरेको छ । यस क्रममा सन् १९९० देखि २०१९ सम्म २०८ वटा देशमा अध्ययन गरिएको थियो । जसमा नेपालमा प्रति एक लाख मानिसमध्ये तीन हजार ३१८ जनामा अपाङ्गता देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धिमालका अनुसार, नेपालमा श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट धेरै मृत्यु हुनुको मुख्य कारण वायु प्रदूषण र धूमपान हो । सन् २०१९ मै परिषद्ले ‘नेपाल बर्डन अफ डिजिज’ रिपोर्ट सार्वजनिक गरेको थियो । यो अध्ययन अनुसार, नेपालमा १७.७ प्रतिशत मृत्यु धूमपानका कारण हुने गरेको छ । त्यस्तै, मुटुरोगबाट २४ प्रतिशत र श्वासप्रश्वास सम्बन्धी र्दीघरोगबाट २१.१ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।

सीओपीडी रोग हुँदा हावा प्रवाहमा अवरोध हुने र श्वास फेर्न समस्या हुन्छ । यसमा क्रोनिक ब्रोंकाइटिस र एम्फिसेमा जस्ता अवस्थाहरू समावेश छन् । प्रायः सबै सीओपीडी हुने केशहरू वातावरणबाटै हुने गरेको अनुसन्धानकर्ता तथा म्याकगिल विश्वविद्यालयका इपिडिमियोलोजी बायोस्ट्याटिस्टिक एन्ड अकुपेशनल हेल्थ विभागका प्राध्यापक जय कौफम्यानले बताए । त्यस्तै, स्वास्थ्य उपचारको पहुँच नहुनुको कारणले पनि बचाउन सकिने व्यक्तिको मृत्यु भइरहेको कौफम्यानले बताए ।

Advertisement

अध्ययन अनुसार, नेपालमा बढ्दो शहरीकरणले यातायात साधनको प्रयोग पनि सन् १९९० मा दुई लाख २४ हजारबाट सन् २०१२ सम्म १३ लाख पुगेको छ । अनुसन्धानकर्ताहरूका अनुसार, नेपाल वायु प्रदूषकलाई प्रभावकारी रूपमा नियमन गर्न र वायु गुणस्तर नियन्त्रण उपायहरू लागू गर्न असफल भएको छ । वेलैमा सीओपीडीका बिरामी पत्ता लगाउनु, धूमपान सेवनलाई कम गराउनु तथा घरभित्र हुने प्रदूषणलाई कम गराउनु नै यो समस्याको हल रहेको विज्ञहरूको भनाइ छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top