नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

२ असोज ८२, बिहीबार

२ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल र वेस्ट इण्डिजबीच दुई सातापछि युएईको शारजाहमा तीन टि ट्वान्टी आई सिरिज हुँदैछ । यसकालागि वेस्ट इण्डिजले बुधवार १५ सदस्यीय टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले नेपालविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

सिरिज आगामी सेप्टेम्बर २७ देखि ३० सम्म हुनेछ । यो सिरिजलाई सन् २०२६ मा उपमहाद्वीपीय मैदानमा आयोजना हुने आइसीसी टी–२० विश्वकप तयारीको महत्त्वपूर्ण हिस्सा मानिएको छ । आईसीसीको फ्यूचर टुर प्रोग्राम बाहिर परेको यो सिरिजलाई लक्षित गर्दै छनोकर्ताहरूले वेस्ट इन्डिज ब्रेकआउट लिग र हालै चलिरहेको क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिएका छन् ।

Advertisement

यसै क्रममा अनुभवी खेलाडीहरूलाई विश्राम दिइएको छ । टी–२० टोली कप्तानी अकील होसेनले गर्नेछन् । यस पटक टोलीमा ६ जना सम्भावित डेब्यू खेलाडी रहेका छन् । वेष्ट इण्डिजबाट खेलेका खेलाडीमा पनि पहिलो रोजाईका अकिल मात्रै छन् ।

पछिल्लो समय सिनियर टोलीमा पूनरागमन गरेका जेसन होल्डर, मध्यक्रमका भरपर्दा ब्याटर केसी कार्टी, अलराउण्डर फबिएन एलेन, कायल मेयर्स र तीव्र गतिका बलर ओबेद म्याककोय नेपालविरुद्ध खेल्ने टोलीमा छन् ।

Advertisement

नियमित कप्तान शाई होप, शिम्रन हेटमायर, रोभम्यान पावेल, शेर्फान रदरफोर्ड, रोमारियो शेफर्ड, अल्जारी जोशेफ, शमार जोशेफ, रोश्टन चेश लगायतका विश्व सुपरस्टार भने नेपालविरुद्ध खेल्ने सिरिजमा छैनन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले सिनियर खेलाडी नराख्नुको बारे घोषणा टोलीमै उल्लेख गरेको छ । ‘यो २०२६ को टि ट्वान्टी विश्वकपलाई टिम निमार्ण गर्ने एउटा राम्रो सिरिज हो । सिनियर प्रमुख खेलाडीलाई ओर्कलोडलाई(कार्यभार) ध्यानमा राख्दै विश्राम दिएको छ’, वेष्ट इण्डिजले प्रेस विज्ञप्तिमा भनेको छ ।

वेष्टइण्डिजले भारतसँग दुई टेस्ट सिरिज अक्टोबर १ देखि खेल्दैछ । उक्त सिरिजमा रोश्टन चेश, शाई होप, अल्जारी जोशेफ, ब्रेन्डन किंग, शमार जोशेफ र जयमेन सिल्स टेस्ट टोलीमा समेटिएका छन् । गत अगष्ट दोस्रो सातादेखि सुरु भएको क्यारेवियन प्रिमियर लिग आगमी आइतवार सकिनेछ ।

त्यसैको कारण टेस्ट टोलीमा नसमेटिएका टि ट्वान्टी सुपरस्टारलाई विश्राम दिएको छ । गतवर्ष वेष्ट इण्डिज ए नेपालमा आएर पाँच टि ट्वान्टी अभ्यास खेल खेलेको थियो । उक्त सिरिजमा रोश्टन चेशले कप्तानी गरेका थिए ।

चेश टेस्ट टोलीका कप्तान हुँदा यस पटक नेपालविरुद्ध समेटिएका छन् । गतवर्ष नेपाल आएका ओबेद म्याककोय, केसी कार्टी, फबिएन एलेन यस पटक सिनियर टोलीमा समेटिएका छन् । उक्त सिरिज वेष्टइण्डिजले ३–२ ले जितेको थियो ।

यद्दपी ९ खेलाडीले भने वेष्टइण्डिजबाट खेलि सकेका छन् । जस्मा केही भने विश्वचर्चित खेलाडी छन् । १८ वर्षीय युवा ओपनर जेवेल एन्ड्रयूलाई पाकिस्तानविरुद्ध जुलाई ३१ मा टि ट्वान्टी आईमा डेब्यू दिएको थियो । उनी स्पिन राम्रो खेल्ने क्लिन हिटर मानिन्छन् ।

उनले डेब्यू खेलमा ३ छक्कासहित ३५ रन जोडेका थिए । तीन टि ट्वान्टी आईमा उनले ७१ रन बनाएका छन् । ओडिआई क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका २८ वर्षीय केसी कार्टीले ४ टि ट्वान्टी आई खेलेका छन् ।

नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न सके मध्यक्रममा उनले सिनियर टोलीमा नियमित स्थान बनाउन सक्छन् । लखनऊ सुपर जायन्ट्सबाट आइपिएल खेलि सकेका कायल मेयर्स नेपालविरुद्ध खेल्ने स्टार ब्याटर हुन् । उनले वेष्टइण्डिजबाट १८ टेस्ट, २८ ओडीआई र ३८ टि ट्वान्टी आई खेलेका छन् ।

२०२१ मा टेस्टमा डेब्यूमै बंगलादेशविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका उनी आक्रामक ब्याटिङसँगै मध्य गतिका बलर हुन् । २८ वर्षीय बायाँ हाते विकेटकिपर आमिर जांग्गोले गत डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई डेब्यूमै दोहोरो शतक हानेका थिए ।

जेसन होल्डर नेपालविरुद्ध खेल्ने सबैभन्दा अनुभवी खेलाडी र सुपरस्टार हुन् । पूर्वकप्तान समेत रहेका उनले ६९ टेस्ट, १३८ ओडआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । संसारभरका लिग खेलेको अनुभव उनीमा छ ।

नेपालविरुद्ध कप्तान अकिल हुसेन भने सिमित ओभरमा वेष्ट इण्डिजका पहिलो रोजाईका खेलाडी हुन् । ३२ वर्षीय हुसेनले ३८ ओडिआई र ७८ टि ट्वान्टी आई खेलेका छन् । नेपाल र वेष्ट इण्डिजबीच २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछ ।

यसैबीच नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपमा वेस्ट इन्डिजका पूर्वस्टार क्रिकेटर तथा चर्चित कमेन्टेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार भिडियो सन्देशमार्फत संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म हुने उक्त टी–२०आई प्रतियोगितामा बिशोपले कमेन्ट्री सम्हाल्ने जानकारी दिएको हो।

उनले सन्देशमा उक्त सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका छन्। उनले भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छ । यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top