×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

२ आश्विन २०८२

२ असोज , काठमाण्डौ ।

अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो ।

Advertisement
Advertisement

घटनामा दुई प्रहरी गम्भीर घाइते भएका छन् । गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले बताएका छन् ।

गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ ।

घटनाबारे पनि प्रहरीले विस्तृत अनसन्धान गरिरहेको छ । पेन्सिलभेनियामा ‘घरेलु मामिला’ सम्बन्धी अनुसन्धान गरिरहेका ती प्रहरी अधिकारीमाथि गोली हानिएको हो । गोलीकाण्डपछि नजिकैको स्प्रिङ ग्रोभ, पेन्सिलभेनियाको एक विद्यालयलाई छोटो समयका लागि सुरक्षित स्थानमा बस्न भनिएको थियो ।

करिब २ हजार ५०० जनसंख्या भएको यो सानो सहरको विद्यालयमा घटनाले कुनै असर नपारेको पछि जानकारी दिइएको छ । अधिकारीहरूले सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएका छन् । यो गोलीकाण्ड फिलाडेल्फियाबाट करिब १६० किलोमिटर पूर्वमा रहेको नर्थ कोडोरस टाउनशिप, योर्क काउन्टीको ग्रामीण इलाकामा भएको हो ।

अधिकारीहरूले प्रहरी अधिकारीहरू अघिल्लो दिनदेखि सुरु भएको अनुसन्धानका लागि घटनास्थलमा खटिएको बताएका छन्। …………. आयुक्त पेरिसले अनुसन्धान जारी रहेकाले प्रहरीले धेरै विवरण सार्वजनिक नगरेको बताएका छन् ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरो बुधबार दिउँसो घटनास्थल पुगेका थिए र मारिएका प्रहरी अधिकारीका परिवारसँग भेट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शापिरोले पछि मारिएका तीन अधिकारीको सम्मानमा राज्यका सबै झण्डालाई आधा झुकाउन आदेश दिएका थिए ।

एफबीआईका निर्देशक काश पटेलले एजेन्टहरू स्थानीय र राज्यका साझेदारहरूलाई सहयोग गर्न घटनास्थलमा खटिएको बताएका छन् । आफ्ना प्रहरीहरुमाथि गोली प्रहार गरेर हत्या भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने बेलायतको राजकीय भ्रमणमा छन् ।

राजा चाल्र्स तृतीय र रानी क्यामिलाले विन्डसर क्यासलमा उनको स्वागत गरेका हुन् । ट्रम्पसंगै पत्नी मेलानिया पनि संगै छन् । जहाँ ट्रम्पको सम्मानमा एक भव्य बग्गी यात्रा निकालिएको थियो भने उनलाई गार्ड अफ अनर पनि प्रदान गरियो ।

जुलुसको क्रममा राजा चाल्र्स तृतीय र ट्रम्प एउटै बग्गीमा सवार थिए, भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को बग्गीमा बसेकी थिइन् । …………… विन्डसरमा ट्रम्पको भव्य स्वागत भइरहँदा, मध्य लन्डनमा भने उनको विरोधमा प्रदर्शन सुरु भयो ।

जलवायु, जातिवाद विरोधी र प्यालेस्टिनी समर्थक कार्यकर्ताहरू सम्मिलित ५० भन्दा बढी संस्थाहरूको समूह ‘स्टप ट्रम्प–युके कोएलिशन ले यो विरोध प्रदर्शनको आयोजना गरेको थियो । आफ्नो भ्रमणको क्रममा, ट्रम्पले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न सेन्ट जर्जको च्यापलको भ्रमण गरे ।

त्यसपछि उनी राजा चाल्र्स तृतीय र प्रधानमन्त्री केर स्टारमरसँग विन्डसर क्यासलको पूर्वी लनमा विशेष सैन्य सङ्गीत प्रस्तुति हेर्न पुगे । राजा चाल्र्सले ट्रम्पसँगको राजकीय भ्रमणको अवसरमा आयोजित रात्रिभोजमा ‘विश्वका केही जटिल द्वन्द्वहरूको समाधान खोज्ने’ ट्रम्पको व्यक्तिगत प्रतिबद्धताको प्रशंसा गरेका छन्।

उनले ‘अत्याचार’ विरुद्ध युक्रेनलाई सहयोग गर्न अमेरिकाको समर्थनको पनि आह्वान गरे । जवाफमा, ट्रम्पले पनि अमेरिका र बेलायतबिचको विशेष सम्बन्धको प्रशंसा गर्दै ‘विशेष’ शब्दले मात्र यो सम्बन्धको पूर्ण व्याख्या गर्न नसकिने बताए ।

विन्डसर क्यासलमा १६० जना पाहुनाका लागि आयोजित भव्य रात्रिभोजमा चाल्र्सले दुई देशबिचको गहिरो सम्बन्ध र सांस्कृतिक, व्यापारिक र सैन्य सम्बन्ध कायम राख्नुपर्ने आवश्यकतामा जोड दिए । ‘हाम्रा मानिसहरूले हामीले मन पराउने मूल्यमान्यताका लागि सँगै लडेका छन् र मरेका छन्,’ चाल्र्सले भने ।

Advertisement

राजकीय भ्रमण बिहीबार पनि जारी रहनेछ, जसमा रानी क्यामिला र वेल्सकी राजकुमारीले प्रथम महिला मेलानिया ट्रम्पसँग विभिन्न कार्यक्रममा भाग लिनेछन् । राजकीय समारोहको यो चरण समाप्त भएसँगै भ्रमणले राजनीतिक वार्ता र पत्रकार सम्मेलनको रूप लिनेछ राष्ट्रपति ट्रम्प प्रधानमन्त्री कर स्टार्मरलाई उनको निवास चेकर्समा भेट्न जानेछन् ।

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top