विराटनगरमा पहिलो रात्रीकालीन भेट्रान्स फुटबल सुरु

१२ भदौ , विराटनगर ।

विराटनगरमा पहिलो पटक रात्रीकालीन भेट्रान्स फुटबल विराटनगरमा सुरु भएको छ । शनिबार रातिको पहिलो उद्घाटन खेलमा झापाको दुधे भेट्रान क्लब मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो ।

कुल ७० मिनेटको खेलमा पहिलो ३५ मिनेटको हाफमा दुवै टोली गोलरहित बराबरीमा रहेका थिए । यद्यपी, दोस्रो हाफको खेल सुरु भएसँगै वर्षाले दुधे भेट्रान क्लबका खेलाडीलाई साथ दिएको थियो । पहिलो हाफमा थकित देखिएका मिल्सको कमजोर रक्षापंक्ति चिर्दै दुधेका भीष्मप्रसाद खरेलले आकर्षक गोल गरेका थिए । झमझम वर्षासँगै खेलको ५६ औं मिनेटमा खरेलले गरेको प्रहार मिल्सका गोलरक्षकले बचाव गर्न असफल भएका थिए ।

अन्ततः सोही गोल दुधे भेट्रानको जितमा निर्णायक बनेको थियो । खेलमा निर्णायक गोल गरेका खरेललाई विराट मेघा स्पोर्ट्स क्लबका सदस्य नवीन थापा र सिजी ब्रुअरी प्रदेश १ का प्रमुख ओमकार कार्कीले संयुक्त रुपमा म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत आज आइतबारको खेलमा सुनसरीको दुहबी भेट्रान क्लबले मोरङको सिद्राहा भेट्रान क्लबको सामना गर्ने प्रतियोगिता संयोजक वसन्तराज अर्यालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी ९ वटा टोलीले ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीलाई मैदानमा उतार्नुपर्ने प्रावधान रहेको सहसंयोजक एवं जिल्ला फुटबल संघ मोरङका महासचिव विनेश बस्नेतले बताएका छन् । विराटनगर मेघा स्पोर्ट्स क्लबका अध्यक्ष अजित सिंहका अनुशार प्रतियोगितामा विजयी टोलीले १ लाख रुपैयाँ र ट्रफी हात पार्ने छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top