एसिया कप क्रिकेटमा भारत भर्सेस पाकिस्तान

१२ भदौ ,एजेन्सी ।

क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल सधैँ रोमाञ्चक हुने गर्छ । तर पछिल्लो समय यी दुई देशबीचको खेल हेर्न आईसीसी वा एसीसीको आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ । कारण हो, दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध । पछिल्लोपटक २०१३ मा भारत र पाकिस्तानले दुई देशीय शृंखला खेलेका थिए । संयोग, यी दुई टोली भारत र पाकिस्तान यूएईमा जारी एसिया कप क्रिकेटमा एकै समूहमा परेका छन् ।

र, आज यी दुई चीरप्रतिद्वन्द्वी आमने सामने हुँदैछन् । टि२० एसिया कप २०२२ मा आज विश्व क्रिकेटका चर्चित यि दुई टोली प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । समूह ए मा रहेका दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । गतवर्ष यसै मैदानमा टि २० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

गतवर्ष भारतलाई हराउन नायक बनेका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी भने चोटका कारण छैनन् । उनी नहुँदा तीव्र गतिको बलिङ आक्रमण केहि कमजोर हुने आंकलन छ । पाकिस्तानको तीव्र गतिको बलमा मोहम्मद हसैन, हसन अली, नसिम शाह, हरिस रौफ र शहनवाज दहानी रहेका छन् । कप्तान बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानका प्रमुख खम्बा हुन् । यी दुई ब्याटरको प्रदर्शनले पाकिस्तानको नतिजामा धेरै प्रभाव पार्नेछ ।

यता रोहित शर्माको कप्तानीमा रहेको भारत सानदार सुरुवात गर्न चाहन्छ । गतवर्ष लज्जास्पद हारको बदला लिने सोचमा हुनेछ । भारतको ओपनिङ रोहित र लोकेश राहुलले गर्नेछन् । यी दुबै विश्वस्तरीय ब्याटर हुन् । तेस्रो नम्बरमा विराट कोहली हुनेछन् । कोहली खराब लयबाट गुज्रिएका छन् । उनी आफ्नो लय र आत्माविश्वास फर्खाउन चाहन्छन् । लयमा रहेका सूर्यकुमार यादव मध्यक्रममा प्रमुख हतियार हुन् । पाँचौं नम्बरमा हार्दिक पान्ड्या हुनेछन् ।

भारतले विकेटकिपर ऋषभ पन्त र दिनेश कार्तिक मध्य एकलाई मैदान उतार्नेछ । रविन्द्र जडेजा र युजभेन्द्र चहल स्पिन हतियार हुन् । तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, अर्शदीपसिंह र आवेश खानलाई मैदान उतार्न सक्छ । तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेल चोटका कारण बाहिरिएपछि तीव्र गतिको बलिङ आक्रामण कमजोर बनेको छ । दुबईको पिच तीव्र गतिका बलरलाई सहयोग बढी पुग्छ । टसले पनि धेरै प्रभाव पार्नेछ ।

भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा अर्को टोली हङकङ रहेको छ । त्यसकारण यस समूहबाट भारत र पाकिस्तानले सुपर–४ मा स्थान बनाउने लगभग पक्का छ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका छन् । दुबै समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान पक्का गर्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top