केन्याविरुद्धको श्रृंखला कब्जा गर्ने नेपालको लक्ष्य

१३ भदौ , एजेन्सी ।
नेपाल र केन्याबीचको चौथो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ ।

आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २–१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । दोस्रो खेल हारेसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।

नेपाल र केन्याबीचको खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोली केन्या आज शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ भने नेपाल भने एक खेलअगावै शृंखलामाथि पकड जमाउने लक्ष्यमा छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलापछि नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । नेपालले पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार खेल्नेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top