लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई बुधबार रोकेको छ ।
लक्ष्मी बालप्रकृती क्लवले विद्यालयमा अध्ययनरत १५ बर्षीय बालिकालाई बिबाह गर्नबाट रोकेको हो । आफ्नै विद्यालयमा अध्ययनरत साथीको बिहे गर्ने उमेर नै नपुगी बिहे हुन लागेको थाहा पाएपछि क्लबका पदाधिकारीहरुले घरमा नै गएर बिहे रोकेका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।