विराटनगर ः जग्गाधनीलाई पैसा दिएर सहमतीमै हकभोग गर्दै आएको जग्गा अर्कैले दाबी गरेपछि १९ वर्ष देखि सोही जग्गामा बस्दै आएको एक परिवार विचल्लीमा परेको छ ।
विराटनगर महानगरपालिका – ७ मा तत्कालिन जग्गाधनी बद्रीप्रसाद कोईरालालाई पैसा दिएर जग्गा उपभोग गर्दै आएका संजयकुमार करवालाई अर्कै जग्गाधनी आएर जबरदस्ती जग्गा खाली गराएपछि करवा परिवार विचल्लीमा परेको हो । आजको उद्घोष दैनिकमा समाचार छ ।
सुरुको जग्गाधनी कोईरालाको विसं २०७१ सालमा मृत्यु भएको थियो । करवाले नयाँ जग्गाधनी टिकाराम रेग्मीले डोजर लगाएर जबरदस्ती तोडफोड गरेर खाली गरेको भन्दै क्षतीपुर्तीको माग गरे ।