Nepal Times
Nepal Times
3
Shares

थप २०० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २०० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

१८ भदौ ,काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ३७ जनाको नमुना परीक्षण गर्दा दुई सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय ३९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ४२ जनामा झरेको छ । २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ ।
यस्तै थप दुई लाख ९७ हजार एक सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.