एजेन्सी, भदौ ७
क्रिकेटमा सबै भन्दा बढी रनको रेकर्ड कति होला ? तपाईको अनुमान भन्दा फरक जानकारी आएको छ । तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ ।
यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३(९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११ लाई क्रिकेट खेल्न निम्तो दिएकी थिइन् । महारानी भिक्टोरियाको टिमका एक ब्याट्सम्यानले एक शट हानेर बललाई रुखमा र्पुयाइदिए र बल त्यहीँ अड्कियो । रुखको हाँगामा अड्किएको बल झिक्न निक्कै मुस्किल र्पयो । बल नआउँदा सम्म खेलाडीहरुले दौडेर २८६ रन बनाइसकेका थिए ।
बल रुखमा अड्केपछि विपक्षी टिमले रनिङ रोक्न अपिल गरे तर अम्पायरले यो अपिल अस्वीकार गरिदिए । बल झिक्न असम्भव भएपछि बललाई राइफलले गोली हानेर त्यही ध्वस्त पारियो । यतिबेला सम्म भिक्टोरियाको टिमका खेलाडीले २८६ रन बनाइ सकेका थिए । जुन अहिलेसम्म क्रिकेट इतिहासमै १ बलमा बनेको सबैभन्दा ठूलो स्कोर मानिएको बेलायती पत्रिकाको दावी छ ।
यो खेलमा २ खेलाडीले विकेटको विचमा कम्तिमा ६००० मिटर दौडेका थिए । यो म्याच सम्बन्धि रिपोर्ट लण्डनको ‘पाल माल गजेट’ नामक पत्रिकाले १५ जनवरी १९८४ मा प्रकाशित गरेको थियो ।