तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह

२३ भदौ ७९, बिहीबार
Share this
767shares

२३ भदौ , काठमाण्डौ ।
कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ।बिहीबार उनलाई हिरासतबाट छाडेको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएको कारणले छाडिएको उनले बताए। यसमा प्रहरीको अनुसन्धान पनि नसकिएको उनले बताए।

Advertisement

‘प्रहरीले सहमति मागेपछि छाड्न अनुमति दिएका हौं,’ उनले भने। यद्यपि अनुसन्धान भने नसकिएको उनले बताए।उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत् छन्।उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top