एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५९ जना डाक्टरहरुले दिए राजीनामा

२३ भदौ , काठमाण्डौ ।

Advertisement

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले सामूहिक राजीनामा दिएका छन्।बुधबार बेलुका उनीहरूले सामूहिक रूपमा राजीनामा दिएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिए।

‘यहाँ उपलब्ध ५९ जना डाक्टरहरू हुनुहुन्छ, उहाँहरू सबैले राजीनामा दिइसक्नुभएको छ,’ रजिष्ट्रार महतले भने, ‘प्रहरी र प्रशासनले किन डाक्टरविरूद्ध गलत उजुरी प¥यो, यसबारे छानबिन गरी अदालतको पक्राउ पुर्जी खारेज हुनुपर्छ भन्ने उहाँहरूको माग छ।’

Advertisement

प्रतिष्ठामा जम्मा ११० जना चिकित्सक छन्। चिकित्सक बाहेकका अरू कर्मचारी तथा स्वास्थ्यकर्मीको भने राजीनामा नआएको उनले बताए।प्रतिष्ठनमा कार्यरत डा. करण साहलाई जुम्ला जिल्ला अदालतले पक्राउ गर्न मंगलबार पुर्जी जारी गरेको थियो।उनीमाथि बाल हिंसा गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले चलाएको प्रक्रियाअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

भदौ २ गते प्रतिष्ठानमै कार्यरत ओपिडी असिस्टेन्ट धनबहादुर शाहीले आफ्नो छोरोको उपचार गर्न इन्कार गरेको भन्दै डा. साहमाथि कुटपिट गरेका थिए। कुटपिटपछि उनी प्रहरीको नियन्त्रणमा छन्।कुटपिट गर्ने धनबहादुरकी श्रीमती आशा हमाल शाहीले डा. साहविरूद्ध उजुरी दिएकी हुन्।

Advertisement

डाक्टरलाई पक्राउ पुर्जी जारी गरेको विरोधमा कर्णाली स्वास्थ्य विज्ञानमा स्वास्थ्यकर्मी तथा डाक्टरहरू आन्दोलन गरिरहेका छन्। मंगलबारदेखि नै प्रतिष्ठानमा इमरजेन्सी बाहेकको सेवा ठप्प पारिएको छ।डाक्टरमाथि कुटपिट गर्ने शाहीलाई प्रतिष्ठानको जाँचबुझ समितिले ४५ दिनसम्मका लागि निलम्बन गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top