Nepal Times
Nepal Times
3
Shares

युएईमा जारी टि२० एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई हरायो

युएईमा जारी टि२० एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई हरायो

२५ भदौ, एजेन्सी ।

श्रीलंकाले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ ।

पाकिस्तान पनि दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो । दुबई अन्तर्राष्ट्रिय मैदानमा गएराति भएको ’सुपर फोर’ को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो । पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो ।

उसका लागि पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिएका थिए । यस्तै भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हरिस रौफले दुई÷दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ३० र मोहम्म्मद नवाजको २६ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका विनिन्दु दी सिल्भाले तीन विकेट लिए ।

अब यि दुवै टोली बीच नै फाइलनमा भिडन्त हुनेछ । फाइनल खेल भोलि आइतवार हुने छ । भारत र अफगानिस्तान भने सुपर फोरबाटै बाहिरिएका थिए । श्रीलंकाले सुपर फोरमा भारतलाई ६ विकेट र अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.