समाजसेवी न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको विमोचन

विराटनगर, भदौ ७
समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको आज विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो ।

Advertisement

साहित्यकार भरत गुरागाईंले सम्पादन गरेको ग्रन्थको वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, साहित्यकार गायत्रीकुमार चापागाईं, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, समाजसेवी दुर्गा चापागाईंलगायतले विमोचन गरेका थिए । ९० जनाभन्दा बढी व्यक्तिले समाजसेवी न्यौपानेका विषयमा लेखेका लेख रचना ग्रन्थमा समावेश गरिएको छ ।

खड्गप्रसाद न्यौपाने र उनकी पत्नी कृष्णकुमारी न्यौपानेको गत वर्ष चार महिनाको फरकमा निधन भएको थियो । न्यौपानेको प्रथम पुण्यतिथि पारेर छोरा अञ्जलीकुमार न्यौपाने, हरिचरण न्यौपाने र छोरी लक्ष्मी न्यौपाने (नेपाल)ले स्मृति ग्रन्थ प्रकाशित गरेका हुन् । विमोचन समारोहमा साहित्यकार दधिराज सुवेदी, प्रदेश नम्बर १ का प्रमुख सचिव केदार न्यौपाने, न्यौपानेका नाति इन्जिनियर भरत न्यौपानेले समाजसेवा र शिक्षा क्षेत्रमा खड्गप्रसादले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा न्यौपानेको स्मृतिमा लेखिएको कविता युवा कवि उमेश लुइँटेलले वाचन गरेर सुनाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top