विराटनगर, भदौ ७
देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने १८ वटा शिर्षकमा कर निशुल्क गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता,अपांगता भएका ब्यक्तिहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई दर्ता,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता,बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस, घर टहरामा आगलागी भएको सिफारिस, अल्पसंख्यक दलित, गरिब र पिछडाबर्गको लागी नागरिकता सिफारिस, सबै प्रकारका अनुसुचि फारम,पुर्णत कृषिमा आधारित सहकारी,शवबाहन नगरभरि, दमकलको सेवा, ईन्टरनेट लगायतका शेवा निशुल्क गरेको छ ।
यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत,बिद्यार्थीका लागी गरिने सबै सिफारिस ५० प्रतिशत र २५ लाख सम्मको उद्योग सिफारिसका लागि ५० प्रतिशत छुट गरिएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।