रंगेलीमा २ सय लिटर अबैध घरेलु मदिरा नष्ट

७ भदौ ७५, शुक्रबार

मोरङ,भदौ ७
मोरङको रंगेलीमा सशस्त्र प्रहरी बल रंगेलीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरीले विहीबार करिव २ सय लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल रंगेलीका सशस्त्र प्रहरी निरिक्षक विश्वनाथ पोखरेलका अनुसार घरेलु मदिरा ओसार पोसार गरी रहेको अवस्थामा गस्ती टोलीले विभिन्न स्थानबाट सो परिमाणको मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा प्रहरीले स्थानीय अगुवा, जनप्रतिनिधी तथा सञ्चारकर्मीहरुको रोहवरमा पोखेर नष्ट गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top