सन्दीपका बारेमा रिमा विश्वकर्माले के भनिन् ?

२६ भदौ ७९, सोमबार

२७ भदौ ,काठमाण्डौ ।

नाबालिका बलात्कारको आरोपमा प्रहरी अनुसन्धानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयलाई लिएर अभिनेत्री तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । रिमाले नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेसँग जोडिएको विषय अनुशन्धानकै क्रममा रहेका बेला कालो सूचीमा राखिएको भन्दै सार्वजनिक टिप्पणी गरेकी छिन् ।

‘अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ भन्दै रीमाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेकी हुन् । लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनी कुनै पनि बेला नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

Advertisement

नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् । प्रहरी वृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। भदौ ६ गते उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्ट इन्डिज गएका थिए । क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किने बताएका छन् ।

उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए । रीमाले फेसबुकमा लेखेकी छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’ उनको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ रिमाको समर्थन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top