२७ भाद्र, विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्ड लिंक र नेपालको पहिलो एण्ड्रोइड सर्टिफाईड आइपीटिभि सेवा प्रदायक नेटटिभिले इन्टरनेट र टिभिका आकर्षक अफरहरु सार्वजनिक गरेका छन्।
वर्ल्ड लिंकले २०० एमबिपिएसको मासिक १०५० र ३०० एमबिपिएसको मासिक १३०० का आकर्षक अफरहरु सार्वजनिक गरेको छ भने नेपालमा नै पहिलो पटक राउटर अफर ल्याएको छ जसअन्तर्गत ग्राहकहरुले वर्ल्ड लिंकको इन्टरनेटसँगै नोकियाको डुअल व्याण्ड राउटरसँग नोकिया कै मेसराउटर बिकन निशुल्क प्राप्त गर्न सक्ने वर्ल्ड लिंकले जनाएको छ ।
नेटटिभि अफरअन्तर्गत वर्ल्ड लिंकको इन्टरनेट मार्फत नेटटिभि चलाइरहेका अथवा नयाँ जडान गर्ने ग्राहकहरुले भ्याटबाहेक १५ हजारमा एकवर्षको नेटटिभि पाउनुको साथै ३२ इन्चको यशुदाको एलइडिटिभि प्राप्तगर्न सक्ने छन् ।
यस्तै भ्याट बाहेक २९ हजार २९९मा ४३ इन्चको यशुदाको स्मार्टटिभि पाउन सक्ने वर्ल्ड लिंकले जनाएको छ । दुवै टिभिमा तिन वर्षको वारेन्टी हुनेछ । दशैँ अफरका नयाँ र पूराना दुवै ग्राहकहरुले प्राप्त गर्न सक्ने समेत वर्ल्ड लिंकले जनाएको छ ।