सुख्खा ग्रस्त क्षेत्रको अनुगमन गर्न प्रदेश सरकारद्धारा समिति गठन

८ भदौ ७५, शुक्रबार
Share this
678shares

विराटनगर : पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाको विभिन्न वडामा सुख्खा लागेको भन्दै स्थलगत अनुगमनका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Advertisement

प्रदेश १ को बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुख्खा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी पाँच सदस्यीय समिति गठन गरेको हो । आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समितिले पन्ध्र दिनभित्र प्रतिवेदन बुझाएपछि प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्रमा चाल्नुपर्ने कदमबारे निर्णय लिईने प्रदेश सरकारका प्रवत्ता एवमं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।सुख्खा प्रभावित क्षेत्रमा किसानले फलाउँदै आएको मकै,बदाम,जुनेलो,दाल जस्ता नगदेबालीको बोटै मरेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top