Nepal Times
Nepal Times
3
Shares

आज शेयर बजारमा ५७ अङ्कको गिरावट

आज शेयर बजारमा ५७ अङ्कको गिरावट

३० भदौ, काठमाण्डौ ।

लगातार दुई दिन बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५७ अङ्कले घटेर एक हजार नौ सय २४ दशमलव ४८ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से परिसूचक उच्च अङ्कले घटेको दिन दुई सय ३२ वटा कम्पनीको ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ को शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.