Nepal Times
Nepal Times
3
Shares

थप १२६ जनामा कोरोना संक्रमण, मृतक शुन्य

थप १२६ जनामा कोरोना संक्रमण, मृतक शुन्य

३० भदौ, काठमाडौँ।

पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।स्वासथ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.