धर्मका नाममा ढुंगा पुज्दै हिँड्नु ठिक होइनः प्रचण्ड

३१ भदौ ७९, शनिबार

१ असोज,काठमाण्डौ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने काम ठिक नभएको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिदैं उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ,’ ‘आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन’ ।

प्रचण्डले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताए । ‘हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है,’ प्रचण्डले भने, ‘चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त । तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरिकन भनेको हो ।’

Advertisement

उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए । उनले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गरे ।

उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताए । सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने प्रचण्डको भनाई छ ।’ विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन÷चेतनाको विकास कसरी भयो?,’ उनले भने,‘माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

Advertisement

यही कुरालाई कम्युनिष्टहरूले भौतिकवाद भनेर बुझ्ने उनले बताए । ‘हामी त्यस्लाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर बुझ्छौ । त्यसैबाट नै क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानवजातीको उन्मुक्तिको अभियान सुरू भएको हो,’ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top