सन्दीपलाई इन्टरपोलबाट पक्राउ गर्ने प्रक्रिया सुरु

२ असोज , काठमाण्डौ ।

Advertisement

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसकेपनि लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।

अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। सन्दीप आफै फर्किएर आउने बताएपछि पर्ख र हेरको अवस्थामा रहेपनि उनी सिंगापुर रहेर त्यहीबाट कानुनी परामर्श गरिरहेको खबर बाहिरिएपछि उनलाई पक्राउ गरेर नेपाल ल्याउन इन्टरपोलको सहायता लिने पक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

Advertisement

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो। अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबई वा सिंगापुरमा हुनसक्ने बताइएपनि उक्त कुरा पुष्टि हुन सकेको छैन् ।

नेपालबाट एक वकिल सिंगापुर गएपनि उनी सन्दीपकै लागि गएको हो भन्ने आधिकारि पुष्टि हुन् सकेको छैन् । इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरी अधिकारीहरुले बताएका छन् ।

Advertisement

इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ। तर यसका लागि भने अदालतको पनि आदेश चाहिने छ ।

सन्दीप आरोपी मात्रै रहेको र अदालतबाट समेत फरार सूचीमा नरहेकाले उनीविरुद्ध ‘रेड नोटिस’को प्रक्रिया नै अगाडी बढाउन भने केही कानूनी अड्चन रहेको प्रहरी अधिकारीहरुले नै बताएका छन् ।‘रेड नोटिस’ जारी भएको अवस्थामा इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले जहाँ देख्यो त्यहीँ सन्दीपलाई पक्राउ गर्न सक्छन् ।

इन्टरपोलमा अहिले संसारभरका १ सय ९४ देश सदस्य छन् । लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top