थप ५९ जनामा कोरोना संक्रमण पुष्टि,मृतक शुन्य

२ असोज,काठमाण्डौ ।

पछिल्लो २४ घन्टामा देशभर ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५९ जनामा संक्रमण पुष्टि भएको हो।२ हजार ८८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ७५३ जनाको पिसिआर र एक हजार १२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८३० जना सक्रिय संक्रमित छन्।१६१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top