×

NEPAL TIMES UPDATES

Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026

इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए

७ आश्विन २०७९

७ असोज,एजेन्सी ।

इरानमा हिजाबका कारण २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विवाद चर्किएको छ । इरानमा हिजाबका लागि ल्याइएको कडा नियमको विरोधमा भएको प्रदर्शनका विरुद्ध सुरक्षा बलले हिंसात्मक कारबाही गरेको छ ।

Advertisement
Advertisement

इरानी सुरक्षा बलहरूको कारबाहीमा यस घटनामा कम्तिमा ३१ सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि यी विरोधहरू भड्किएका थिए। हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले नियन्त्रणमा लिएको थियो, त्यसपछि उनको मृत्यु भएको थियो।

अमिनीको मृत्युपछि महिलाहरु आक्रोशित छन् । विरोध दर्ता गराउनका लागि पनि महिलाले हिजाब जलाउँदै छन् भने कतिपय महिलाले लामो कपाल पनि काटिरहेका छन् । केही रिपोर्टमा अमिनीलाई हिरासतमा लिएपछि उनी कोमामा गएको र त्यसपछि मृत्यु भएको बताइएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो अनुसार महसा अमिनीको मृत्युपछि धेरै महिलाले हिजाब फुकालेर विरोध गर्न थालेका छन् । महसा अमिनीको मृत्युले पूरै तेहरानलाई सडकमा आउन बाध्य बनाएको छ । देशको ‘ड्रेस कोड’ कानूनको विरुद्धमा ठूलो संख्यामा महिलाले विरोध प्रदर्शन गरिरहेका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ । इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । न्युयोर्कदेखि इस्तानबुलसम्म आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

हिजाब नलगाएको भन्दै अमिनीलाई प्रहरीले शारीरिक यातना दिएको र टाउकोमा चोट लागेका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक सञ्जालमा विभिन्न पोस्टमा दाबी गरिएको छ । तर, यो तथ्य पुष्टि भएको छैन। प्रहरीका अनुसार हिरासतमा राखेपछि अमिनी बिरामी परेकी थिइन् जसले गर्दा उनको मृत्यु भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top