Nepal Times
Nepal Times
3
Shares

प्राथमिकताक्रममा नपरेका कारण राष्ट्रपति विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाइ हुन सकेन

प्राथमिकताक्रममा नपरेका कारण राष्ट्रपति विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाइ हुन सकेन

७ असोज, काठमाडौं ।

प्राथमिकताक्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।तर यी निवेदनमा शुक्रवार सुनुवाइ हुन सकेन ।

यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले पेशी तोकेको छैन ।संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् ।उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.