×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

बालेनको एक्शनको कमाल, राजस्व ३० प्रतिशत बढ्यो

७ आश्विन २०७९

७ असोज, काठमाण्डौ ।

संघीय राजधानी रहेको काठमाडौं महानगरमा गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा ३० प्रतिशतले राजस्वमा बृद्धि भएको छ । काठमाडौं महानगरले १ अर्ब ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष असोज ५ सम्ममा १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ राजस्व महानगरले संकलन गरेको थियो।

Advertisement
Advertisement

यो गत वर्षका तुलनमा यस वर्ष २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको महानगरको तथ्यांकले देखाएको हो। राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि राजस्व संकलन वृद्धि भएको हो। पछिल्लो समय महानगरले कर भुक्तान नगर्नेलाई ताकेता गर्दै समयसीमा सहित कर भुक्तानका लागि पत्राचार गर्दै आएको छ ।

काठमाडौं फन पार्कबाट सुरु भएको यो अभियान अहिले दजनौ कार्यालय, संघ, संस्था तथा कम्पनीमाथि पुगिसकेको छ । यसअघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन्। यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन्।

यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीको भनाइ छ। पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ। नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ। यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने महानगरको भनाइ छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, सङ्घ संस्थाहरूसँग आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन सूचना जारी गरेको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले केही व्यक्ति, सङ्घ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो ।

‘प्रथम पटक प्रकाशित मिति २०७९÷०६÷०७ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

Advertisement
Advertisement

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा ती पार्टी महानगरले तत्काल हटाउने पनि सूचनामा जनाइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top