NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

डेंगु लागिहाले के गर्ने ? के नगर्ने ? के मेवाको पातले डेंगु निको पार्छ ?

आइतवार अशोज ९ , २०७९
Reading Time: 1 min read
A A
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ असोज, काठमाण्डौ ।

एकातिर दशैँ तिहार जस्ता चाडपर्व नजिकिएका छन् भने, अर्कोतर्फ डेंगी रोगको संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकासहित देशैभर डेंगी फैलिरहेको छ । कम्तीमा असोज अन्तिमसम्म डेंगी फैलने क्रम नरोकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमान छ । यसपाली डेंगी रोक प्रकोपकै रुपमा फैलिएको छ ।

सन् २०१९ पछि डेंगीले प्रकोपको रुप लिएको यसपाली मात्रै हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अरु सामान्य ज्वरोभन्दा फरक खालको ज्वरो आउने भएकाले डेंगी संक्रमण भएको हुन सक्ने अनुमान गर्न सकिने बताउँछन् ।

LS Auto

दशैँका समयमा तुलनात्मक रुपमा अरु समयमा भन्दा मानिसहरुको चहलपहल बढ्छ । चहलपहलसँगै घरबाट निस्कने फोहोर पनि बढ्छ । त्यस्तो फोहोरमा लामखुट्टे बस्ने जोखिम हुन्छ । त्यसैले डा. पुनले दशैँको समयमा सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् । डा रविन्द्र पाण्डेका अनुशार पोस्टकोभिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ।

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन्। जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरू खान तथा पिउन डराउँदा सिकिस्त भएका छन्। पारासिटामोलको चर्को अभाव छ। धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन।पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ।

कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन। अहिलेको डेंगुले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ।

चिकित्सकका अनुशार डेंगु संक्रमित भए यी कुरामा ध्यान दिनुपर्छ :
१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक–पटक प्रशस्त खुवाउनुहोला।

२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला।

३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला।

४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला।

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला।

६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला।

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे बेहोश हुन सक्छन्। ज्वरो नियन्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला।

८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला।

९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ। मेवाको पातले डेंगु निको गर्दैन। प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्छ। त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला। मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो।

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला। खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला।

११. लक्षण देखिनेबित्तिकै प्लेट्लेट्सको जाँच गर्ने तथा डेंगु परिक्षण गर्नु गर्नुहोला। दुई दिन बिराएर प्लेट्लेट्सको टेस्ट गर्नुहोला। प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला।

१२. डेंगुले धेरै दुःख दिन्छ तर सितिमिति मार्दैन। मनोबल उच्च राख्नुहोला।डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन। संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ ।

Tags: #के ले डेंगु निको पार्छ#डेंगु लागिहाले के गर्ने#डेंगु लागिहाले के नगर्ने

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.