आजबाट सुरु भयो नौरथा : घर घरमा घटस्थापना

९ असोज ७९, सोमबार

१० असोज, काठमाण्डौ ।
नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ ।

आहिले १० बजेर २३ मिनेटमा घडा स्थापनको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सो साइतमा घटस्थापना गरेपछि यसबर्षको बडादशैं प्रारम्भ भएको हुन्छ ।आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । आज रोपेको जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।

Advertisement

दशैको टिका लगाउदा अरु फूलको सट्टा समृद्धिको प्रतिकको पहेलो जमरालाई प्रयोग गरिन्छ । भगवान श्री रामचन्द्रले रावणमाथी विजय हासिल गर्ने उदेश्यले शक्तिप्राप्तीका लागी शक्तिस्वरुपा भगवतीको आह्वान गरेको सम्झनामा हिन्दुधर्मावलम्बीहरु आज घटस्थापना गर्ने गर्दछन् ।

घटस्थापनाको उपलक्ष्यमा आज हनुमान ढोका दरबारमा रहेको दशैघरमा वैदिक बिधिपुर्वक जमरा राखी महाकाली महालक्ष्मी महासरस्वती लगतायत नवदुर्गा र अन्य शक्तिपिठहरुमा नवरात्रीको पुजाको शु्भारम्भ हुन्छ । नबरात्रीभर घर घरमा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र वाठ पनी गर्ने गरिन्छ ।

Advertisement

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, मनकामना, छिन्नमस्ता, कंकालिनी लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ । यस वर्षको दशैंको साइत भने असोज १९ गते ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top