Nepal Times
Nepal Times
3
Shares

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि

असोज १३,काठमाडौं ।

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६।२९ अंकले बढ्दै १८५३।७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।

 

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ ।

 

अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सामलीङ पावर कम्पनीका सेयरधनीले ७.९४ प्रतिशतले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.