गायक शेखर बगडीयको ‘हुक्का रे’…..निकै चर्चामा (भिडियो सहित)

किशोर विश्वकर्मा
विराटनगर, भदौ ८
कुनै समय ‘गरिमा गरिमा संसारकै गरिमा देश नेपाल मेरी आमा’…… बोलको राष्ट्रिय गित गाएर चर्चामा आएका विराटनगरका गायक शेखर बगडीयाको अर्को ‘हुक्का रे’….बोलको गितले यतिबेला थप चर्चामा आएका छन् । मोरङको रंगेलीमा विक्रम सम्बत २०३८ सालमा जन्मिएका पप गायक बगडियाले पहिलो एल्बमका रुपमा ‘गरिमा’ २०५८ सालमा निकालेका थिए । उनको सो गिति एल्वमको एक समारोहका विच तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

व्यपारिक घरानाका उनै बगडिया सोहि एल्वमका कारण त्यो समयमा निकै चर्चित बने । उक्त एल्बमका गितहरु अहिले सम्म सदाबहार रुपले चलिरहेका छन् । त्यसमा पनि एल्बमको ‘गरिमा गरिमा’…. बोलको राष्ट्रि गित अहिले सम्म विभिन्न सञ्चार माध्यमहरुबाट नियमित बज्दै आएका छन् ।

युवा पुस्तामा राम्रो पप गीत मार्फत चर्चामा रहेका गायक शेखर बगडीयाकै आवाजमा रहेको ‘हुक्का रे’ गीतको म्यूजिक भिडियो केही समय अघि सार्वजनिक उनको चर्चा चुलिएको छ । गित सार्बजनिक भएसगैँ गीतलाई टिन एर्जरहरुले निकै मन पराएका छन । लागुपर्दाथ दुब्यर्सन विरुद्धमा रहेर गीतलाई निमार्ण गरिएको गायक शेखरले बताए ।

Advertisement

गायक शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत र विजेश्वर तन्डुकारले गीतलाई ऐरेन्ज गरेका छन । गीतको भिडियोमा सुनिल क्षेत्री , निशा जोशी , सुस्मा अधिकारी , सौरभ अधिकारी, नेपाली ठिटो लगायतले अभिनय गरेका छन् । अर्जुन तिवारी र साथीहरुको छायाँकन, भरत रेग्मीको सम्पादन र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।

गितको म्यूजिक सार्बजनिक भएसँगै गायक बगडीयाले ‘हुक्का रे’ एल्बमको तयारिमा जुटेको बताएका छन् । उनले एल्वमका अधिकांस गितहरु रेकर्डिङ गरिसकिएकाले म्यूजिक भिडियोको छयांकन काठमाडौं र पूर्वका विभिन्न स्थानमा गर्ने तयारि गरिएको र आगामी दशैँको घटस्थापनाका दिन पारेर सार्वजनिक गर्ने जानकारी दिए ।
उक्त एल्वममा ‘दुई एकान दुई दुई दुना चार रमाइलो छ यो संसार’, ‘क पुरि क खरायो ख आँखामा हैन मुटुमा राख’, लगायत बोलका गित समावेस हुने गायक बगडीयाले बताए ।

गायक बगडीयाले गित मात्र गाउने गरेका छैनन्, उनले प्रसस्त गितहरु पनि लेखेका छन् । उनले भने ‘ म सानैदेखी मेरो जन्मभुमि रंगेली हो त्यहिँको सरकारि विद्यालयबाट माध्यमिक तह सम्मको अध्यन गरेको छु । मलाई नेपाली भाषाको राम्रो ज्ञान भएकाले म नियमित गित लेखिरहन्छु । हाल सम्म मैले ४ सय भन्दा बढी गित लेखिसकेकोछु ।’

उनले आफु व्यवसायी पनि भएकाले व्यवसाय सँगसँगै सांगितिक क्षेत्रमा समेत निरन्तर जमिरहने बताए । गायक बगडियाले आफुले रचना गरेका गितहरु रेकर्डिङ गर्ने जानकारी दिए
भिडियो हेर्नुस्

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top