×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्यूनतम योग्यता नभएकाहरुले अल्ट्रासाउन्ड गरेपछि

१४ आश्विन २०७९

१४ असोज, काठमाण्डौ ।
नेपाल मेडिकल काउन्सिलले देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक न्यूनतम योग्यताबिना अनधिकृत रुपमा अल्ट्रासाउन्ड सेवा प्रवाह भइरहेको भन्दै सो कार्य बन्द गर्न तीन बुँदे निर्देशन जारी गरेको छ ।

स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम मान्यताप्राप्त विशेषज्ञहरुले मात्रै एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्डलगायतका रेडियोलोजी सेवा तथा सोको रिपोर्टिङ्ग रेडियोलोजिष्टहरुले मात्र गर्न पाउने व्यवस्था रहेकाले सोहीअनुसार गर्न काउन्सिलले निर्देशन दिएको छ ।

Advertisement

साथै, जीवन बचाउने, हातगोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउन्ड सेवा रेडियोलोजिष्ट आफैं वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ । ऐन नियमविपरीत अनधिकृत रुपमा अल्ट्रासाउन्ड गरेको वा गराइएको पाइएमा कानुनबमोजिम कारबाही हुने पनि काउन्सिलले जनाएको छ ।
यस्ता छन् काउन्सिलको तीन बुँदे निर्णय
१. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ग) (१) (२) मा गरिएको व्यवस्थाअनुसार रेडियोलोजी तथा इमेजिङको आधिकारिक रिपोर्टिङ्ग नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रुपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउने ।

२. स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को दफा २३ को उपदफा (२) (ङ) मा गरिएको व्यवस्थामा आधारित रहेर आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको अल्ट्रासाउन्ड तालिम प्राप्त नेपाल मेडिकल काउन्सिलको दर्तावाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा जनरल प्राक्टिस÷इमरजेन्सी मेडिसिन विशेषज्ञले अल्ट्रासाउन्डको प्रयोग गर्न पाउनेछन् । अल्ट्रासाउन्ड तालिमको आधिकारिकता तथा प्रमाण काउन्सिलबाट जाँचबुझ हुन सक्नेछ ।

३. सीमित सीप तथा कौशलसहितको अल्ट्रासाउन्ड तालिम प्राप्त गरेका स्वास्थ्यकर्मीले खास प्रयोजनका लागि सरकारले तोकेका स्थानमा तोकिएका विषय तथा अङ्गको मात्र अल्ट्रासाउन्ड गर्नुका साथै त्यस्तो तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारी, नीजि तथा संस्थागत सेवा प्रदायक निकायमा आफूले उपचार गर्दै आइरहेको र उपचार गर्नुपर्ने बिरामीको रोग पहिचान, निदान तथा उपचारमा सहयोग पुग्ने हेतुले अल्ट्रासाउन्ड गर्न पाउने तर व्यावसायिक रिपोर्टिङ गर्न नपाउने ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top