×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु ,३६ हजार भन्दा बढी प्रभावित

८ भाद्र २०७५

कोलम्बो, ८ भदौ
श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ ।अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेङ्गुका बिरामी भेटिएका छन् भने गत महिना ६ हजार २२१ व्यक्तिमा सो रोग देखा परेको थियो ।

राजधानी सहर कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेङ्गु पाइएको छ । दोस्रो स्थानमा पूर्वी जिल्ला बाटिकोलोवामा ४ हजार १५६ जनामा सो रोग देखा परेको छ । यो रोग प्रभावित तेस्रो स्थानमा कोलम्बोको बाहिरी इलाकामा पर्ने गाम्पाहा रहेको छ । गाम्पाहामा ३ हजार ६१९ व्यक्तिमा उक्त रोग देखा परेको छ ।

Advertisement
Advertisement

राष्ट्रिय डेङ्गुरोग नियन्त्रण इकाईले दक्षिणपश्चिम क्षेत्रको व्यापक मनसुनी वर्षाका कारण डेङ्गुरोग व्यापक रुपमा फैलिएको जनाएको छ । इकाईले देशका उत्तरी र पूर्वी क्षेत्रका सबैभन्दा जोखिममा रहेका क्षेत्रहरुमा डेङ्गु नियन्त्रणका लागि विशेष कार्यक्रमहरु प्रारम्भ गरेको बताएको छ ।

Advertisement
Advertisement

गत वर्ष श्रीलङ्कामा डेङ्गुबाट तीनसय भन्दा बढी व्यक्तिको मृत्यु भएको र १ लाख ३६ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका थिए ।
रासस /एपी

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top