Nepal Times
Nepal Times
3
Shares

दशैंमा घर फर्किनेको लर्को / काठमाडौं सुनसान

दशैंमा घर फर्किनेको लर्को / काठमाडौं सुनसान

१५ असार,काठमाण्डौ ।
नेपालीहरुको महान चाड बडादशैँ शुरु भएसँगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा सवारी साधनको चाप बढेको छ भने काठमाडौंबाट बाहिरिने दैनिक जसो लाखौँको संख्यामा मानिसहरु बाहिरिरहेका छन् ।

असोज १० गते सोमवारदेखि शुरु भएको दशैँ मनाउन उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिने गरेका छन् । दशैँको लागि सार्वजनिक बिदा शुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ । नेपालको सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं शहरबाट आफ्नोआफ्नो गाउँ फर्किनेहरु बढेसँगै काठमाडौंका भित्रि गल्लीहरुमा चहलपहल कम हुन थालेको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जाने नाकाहरु कोटेश्वर,नागढुंगा, कलंकी लगायत स्थानमा आम सर्वसाधारणहरुको भीड उल्लेख्य रहेको छ । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को छ ।

काठमाडौंबाट बाहिरिने मात्रै नभइ काठमाडौं भित्रिनेहरुको संख्या पनि केही बढेको छ । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.