Nepal Times
Nepal Times
3
Shares

नाकको डाँडी भाचिदिन्छु भन्ने पूर्वमेयर माओवादीमा प्रवेश

नाकको डाँडी भाचिदिन्छु भन्ने पूर्वमेयर माओवादीमा प्रवेश

१५ असोज,काठमाण्डौ

पत्रकारको नाकको डाडी भाँसदिन्छु लगायतका विभिन्न अभिब्यक्तिका कारण विवादमा र चर्चामा आएका सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (एमाले)का नेता द्वारिकलालसहित एमालेका केही नेता–कार्यकर्ताहरुलाई आइतबार बिहान खुमलटारस्थित आफ्नै निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए । इटहरी १७ घर भएका चौधरी स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको उम्मेदवार हुन नपाएपछि चौधरी एमालेसँग रुष्ट थिए । इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण उनी निकै आलोचित भएका थिए ।

मेयर भएपछि पार्टीको नीति, नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो । उनी केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि हारेका थिए । चौधरी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा माओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा रहेका छन् ।

यसअघि चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने हल्ला चलिरहँदा उनले भने शनिबार मात्रै त्यस कुराको खण्डन गरेका थिए । शनिबार उनले सामाजिक सञ्जाल मार्फत ‘बरु राजनिति छोड्ने तर एमाले नछाड्ने एमालेभित्रै बसेर संघर्ष गरेर बस्ने’ बताएका थिए । तर आइतबार विहानै आफ्नै भनाईलाई गलत सावित गर्दै उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.